गजल१११, माटो रुँदा हृदयमा...
माटो रुँदा हृदयमा पीर हुनु पर्छ।
मृत्यु संग नतर्सिने वीर हुनु पर्छ।१।
मुटुभित्र याद राखौं पुर्खा बराबर।
कसैसंग नझुक्ने यो शिर हुनु पर्छ।२।
सार्वभौम अटल यो मातृभुमि भित्र।
हाँसी हाँसी बस्ने तकदिर हुनु पर्छ।३।
आईलाग्ने संग सधैँ जाईलाग्न हामी।
नेपाली को हात हात तिर हुनु पर्छ।४।
थिचोमिचो गरिकन मान्छे लडाउने।
अपराधी हातमा जंजीर हुनु पर्छ।५।
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा
dami
जवाब देंहटाएंधन्यवाद धड्कन जी..
हटाएं