गजल१२६, समिपमा बजिरहने चुरा...
समिप मा बजिरहने चुराले मन छोयो!
याद आयो बोलेका ती कुराले मन छोयो!१!
अरु जस्तै हामी थियौं बितेका जीवनमा!
खुशियाली बालबच्चा भुराले मन छोयो !२!
मिठो प्यारो झझल्को नै यादले सताउदा!
थामी हात सपना यो पुराले मन छोयो!3!
बिछोड ले अनिदो मा उदास बनाउदै!
छिप्पिएको रात तिखो छुराले मन छोयो!४!
सुनसान रात्री आज धरती हल्लिएर !
अनिदो भै आज पाउ लुराले मन छोयो!५!
प्रकाशमणि खनाल
गोलधाप झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि