गजल१२२, रुठेको छैन म

रुठेको छैन म आफैं परेसान छु !
तिम्रो जबाबले आज म हैरान छु!१!

जिन्दगी जिउँनु कसरि बदनाम !
दर्द सम्हाल्छ कस्ले लखतरान छु!२!

अजम्बरी यो मायाको कसम खाई!
नभनन हो छोडी जाने नाशवान छु!३!

अपराधी हैन म शरीर पेलेरै ....!
निस्वार्थ दिए जिन्दगी दानवान छु!४!

हातमा मेरो हात राखेर केवल !
हेरन जस्तै म ''मणि''बलवान छु!५!

प्रकाशमणि खनाल

टिप्पणियाँ