गजल१३०, बगरको ढुंगा जस्तै....

बगर को ढुंगा जस्तै साह्रो बनेको छु।
ज्वारभाटा पानीको म खारो बनेको छु।१।

किनारमा बसि बसि जीवन निथारी।
झरना झैं झरिरहने धारो बनेको छु।२।

खुशी जति छरी हिडे आँशु पिउदै।
कयौं बारी जीवनमा तारो बनेको छु।३।

धड्किरहने मुटु छोडी प्रवास बसेर।
भुत्ते भाको खुकुरीको पारो बनेको छु।४।

जता भन्यो त्यति कुदि शरीर पेलेरै।
म मणि यहाँ प्रवासमा चारो बनेको छु।५।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ