गजल९६ तिमीलाई आड दिन...
तिमीलाई आड दिन डाली बन्छु म।
जिताउने हौसलाको ताली बन्छु म।१।
फूलाउँछु जिन्दगानी लाली गुराँस।
मन्दिर यो सजाउँन माली बन्छु म।२।
सुख जति लिन्छु सधैँ दुःख लिएर।
गरा गरा तिमी हिड्ने आली बन्छु म।३।
बसन्त झैँ हरियाली हाम्रो जिन्दगी।
अन्नबाली उब्जाउने फाली बन्छु म।४।
आनन्द को खुशीयाली यात्रा बाटोमा।
तिम्रो ओठ मुस्कानको लाली बन्छु म।५।
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि