गजल१०६ चरी आज लैजाउन...
चरी आज लैजाउन डुलाई गाउँमा !
तिम्रो मन पखेटामा झुलाई गाउँमा!१!
मन छुदै प्रदेशी को बिरही भाकाले !
कति बस्छौ भन्छ यहाँ रुलाई गाउँमा!२!
साथी संगी आफ्नै भुमि गएको देखेर!
खुशी दिल पुग्छ बाटो खुलाई गाउँमा!३!
फर्क भन्छ मुग्लानीहो बारीका पखाले!
कसरी म हासौं यहाँ भुलाई गाउँमा !४!
मनै गुन्छु रोपी फुल आफुले सजाई !
फुलबारी "मणि"जस्तै फुलाई गाउँमा!५!
प्रकाशमणि खनाल
झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि