गजल१३४,सुर्योदय मिर्मिरेमा....

सूर्योदय मिर्मिरे मा उदाउँछौं हामी।
दुर्गम मा पथ लाई खुलाउँछौं हामी।१।

बालक छौं अब हेर स्वदेशमा भोली।
आफ्नै श्रोत साधन कुदाउँछौं हामी।२।

आत्मा जन जन्ता लाई गाउँ शहरमा।
शान्तिको बिगुल फुकी सुनाउँछौं हामी।३।

ठुलो मान्छौं भगवान आमा बुबा लाई।
साहारा भै गाउँ बस्ती डुलाउँछौं हामी।४।

हाँसी हाँसी माटो लाई रंगी चंगी पारी।
गुराँसको फुल साथी फुलाउँछौं हामी।५।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ