गजल१४२ शहीदको रगतमा...

शहीदको रगतमा टाटो देख्यौ कि।
दुर्गमका झुपडीको बाटो देख्यौ कि।१।

स्वार्थ तिम्रो अगि भयो पछि जनता।
आँधो भई हिडिदिने लाटो देख्यौ कि।२।

माटो लाई पिडा दिने चोट घाउ का।
बल्झिएर दुखिरहने पाटो देख्यौ कि।३।

निको हुन बाँकी नै छ घाउ लागेको।
जिउँदा ती शहीदको खाटो देख्यौ कि।४।

किन गर्छौ ठूला कुरा नेता तिमीले।
छाक टार्ने कोदोको त्यो आँटो देख्यौ कि।५

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ