गजल१०२, रिसाउँदै नजर...

रिसाउदै नजर त्यो झुकाउँछौ व्यर्थै किन!
गुम्सिएका मन्काकुरा लुकाउँछौ व्यर्थैकिन!१!

आफ्नै मान्छे पर ठान्छौ जिन्दगी जलाउँदै!
तिम्रो मन शरीर नै सुकाउँछौ व्यर्थै किन !२!

भएकोछु लालायित दुःख सुख बाड्न आज!
समिप मा पुगे पछी रुकाउँछौ व्यर्थै किन !३!

बढ्दै गाछ हल्ला यहाँ मान्छे पिछे कुरा काटी!
समाजमा माया लाई थुकाउँछौ व्यर्थै किन !४!

आनन्दमा रमाउदै दुई आत्मा मिलन त्यो !
अवसर जिन्दगीको चुकाउँछौ व्यर्थै किन !५!

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ