गजल-११८ जडीबुटी ओखति......

जडीबुटी ओखतिको राहत बन्छु म।
जहर त्यो नाश पार्ने तागत बन्छु म।१।

सत्य तथ्य कुराहरु बाहिर ल्याउने।
मानवको मस्तिष्कमा आदत बन्छु म।२।

बेसहारा जिन्दगानी उत्थान गराई।
गाउँ बस्ती शहरको चाहत बन्छु म।३।

अपराध रोक्छु अब कलम समाति।
दिनदुःख मनको हिफाजत बन्छु म।४।

युवा वर्ग जमात मा प्रकाश ल्याएर।
माटो भित्र पसिनाको ताकत बन्छु म।५।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.

टिप्पणियाँ