गजल१०४, झुकेको छ श्रद्धाले मन...
झूकेको छ श्रद्धाले मन आज मेरो !
स्याबासीछ साथीको झन आज मेरो!१!
माया जान्न खोजेको मत हुन्न एक्लो!
टाढा हुन्छ को साथी भन आज मेरो !२!
दीलैको कुनामा साथ सदा लुकाई !
प्रफुल्लीत बन्यो याँ तन आज मेरो!३!
जिस्कीएर घुर्की माझ मिलेर बाटो!
खोजेकोछु खानी याँ खन आज मेरो!४!
बल्ने हेर बत्तीको अब त्यो जवानी !
बोलायो कि माटोले मणि आज मेरो!५!
छन्द द्रोही
SSS ISS SII SIS S,
प्रकाशमणि खनाल
झापा,
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि