गजल१०९,अनिदो छ आँखा भरि ...

अनिदो छ आँखाभरि मिच्दैछु रातमा!
अश्रु धारा बर्षा बीच भिज्दैछु रातमा!१!

फेसबुक साथी माझ यात्राको तस्विर!
कैले काहीं फुर्सदमा खिच्दैछु रातमा!२!

सानो गाउँ प्यारो माटो सम्झना आएरै!
अति बढ्छ धडकन थिच्दैछु रातमा !३!

अँध्यारो छ बिहोसिमै एकान्तमा हिडी!
अन्जानमै किरा पनि किच्दैछु रातमा।

प्रकाशमणि खनाल

टिप्पणियाँ