गजल९८, पोखरीमा पानीलाई .....
पोखरीमा पानीलाई जगाएको देखें मैले!
साबुनको फिजै फिज लगाएको देखें मैले!१!
उन्को अंग जता ततै लोभी पानी पुगे पछी!
छिल्लिएर फिजलाई भगाएको देखें मैले !२!
अंग अंग तनलाई स्वच्छ ताजा पानी बाट!
गिज्याउदै मैलोलाई बगाएको देखें मैले !३!
ताल बाट निस्के पछी तप्प तप्प केशबाट!
झर्दै थोपा उन्को रुप नगाएको देखें मैले !४!
आभास भो मन मेरो टास्सिएर बस्त्र पनि!
छुदै उन्को शरीरमा सगाएको देखें मैले !५!
प्रकाशमणि खनाल
झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि