गजल१२४, बेशी मुनि रोपाईमा....
बेसी मुनि रोपाईमा आज झर्नै पर्यो नी!
मुरीधान फलाउन खेती गर्नै पर्यो नी !१!
भ्यागुताले जता ततै कराउदै गरामा!
बादलले पार्यो पानी आली भर्नै पर्यो नी!२!
गरा आली बाँधी टाले पानी हिलो बनाई!
मुरी खान धानको बिउ छर्नै पर्यो नी!३!
यदा कदा दैव तिमी जब रुष्ट बनेर !
नभन्नु होस् नाश भन्दै खेति हर्नै पर्यो नी!४!
पसिनाको थोपा थोपा आज मोती बनाई !
ज्योति मणि सुन फल्छ अगी सर्नै पर्यो नी!५!
प्रकाशाणि खनाल
झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि