गजल- यदि भुल भए माफी ...

यदि भुल भए माफी दिएर हेर !
मन कसैकोमा राखी जिएर हेर!१!

अरुको पनि हो मन च्यातिए दुखे!
जीवनमा साथ दिदै सिएर हेर !२!

एकनाश हुन्न जीव समय अगी!
बनि बुढो आफैं नभा खिएर हेर!३!

जीवन अनौठो यहाँ रमाई आज!
बनिकन तृप्त आफैं पिएर हेर !४!

हेरन रिसाएरै नहेरे को भन्दा!
छोटोछ जिन्दगी मणि लिएर हेर!५

-मणि

टिप्पणियाँ