गजल११०,सोमरस प्याला...

सोमरस प्याला संगै कराएको मान्छे !
समुन्द्रको छाल बन्छ हराएको मान्छे!१!

प्रवाशमा माटोलाई बर्षौं भुली आज !
भेटेको छु रोगबाट डराएको मान्छे !२!

एय्याशीमै जिन्दगानी खर्च गरि गरि!
दिक्क लाग्छ तलबनै चराएको मान्छे!३!

किन आज भेटिदैन जीवन सुधारी !
कर्तब्य र माटो मन पराएको मान्छे!४!

बुझ पनि नपचाऔं जानी जानी आफैं!
नबन्नु ल आफ्नै मणि झराएको मान्छे!५!

@प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ