गजल९५, अग्रगमन भन्छौ तिमी .....

अग्रगमन भन्छौ तिमी व्यवधान भएको छ।
कामचलाउ अन्तरिम संविधान भएको छ।१।

लुकाउँदै छ देश आज अपराध झुठोलाई।
हालि मुहाली गर्ने यहाँ धनवान भएको छ २।

उत्खनन यो कति गर्छौ राजनिति परम्परा।
हात बाँधेर बस्ने व्यक्ति बलवान भएको छ।३।

बालक लाई हेर तिमी सडकमा आज लगि।
उद्देश्य स्वार्थ पूरा गर्ने यो जवान भएको छ।४।

बिना प्रकाश अन्धकार गुफाभित्र भए जस्तै।
अमावस्य को मेरो देश गुणवान भएको छ।५।

@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.

टिप्पणियाँ