गजल१०३ ईहलोक तिम्रो...

इहलोक तिम्रो रबि खास ल्यायौ!
भगवान व्यर्थै किन नाश ल्यायौ!१

परिश्रम खुट्टा लहरै ढलेको !
मुगलान बाटैकिन रास ल्यायौ!२

गर आज कृपा तन जीव साथै !
भगवान साँच्चै भन सास ल्यायौ!३

झुपडी उठाई उठि बास पारी !
किन बाकसैमा भरि लास ल्यायौ!४

सपना छ हाम्रो जुन चांद हेर्दै !
रहरै बनेको मणि आश ल्यायौ!५
छन्द राज
IIS ISS IIS ISS,
प्रकाशमणि खनाल
गोलधाप -४ झापा

टिप्पणियाँ