गजल१००, अन्न बिना बाँच्न सक्छु....
अन्नविना बाच्न सक्छु सास भैदिए!
दैव तिम्रो झुपडी मा वास भैदिए !१!
जीवनमा सधैं भरि कर्म ज्योतिको !
सफलता मात्र यहाँ कास भैदिए !२!
गरीब झुत्रा झाम्टा आफ्नो जिन्दगी!
मानवको दैव तिमी खास भैदिए !३!
सुबाटोमा डोर्याउदै सबै बिकार !
दुष्टमति कुविचार नाश भैदिए !४!
भोकमरी बिकट छ गाउँ बस्तीमा!
खुशी हुन्थे अन्न बाली रास भैदिए!५!
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि