गजल९४ पर्खालको भित्ता भित्ता...
पर्खालको भित्ताभित्ता लुकाउँदैछु म।
आज आफ्नै मेरो शिर झुकाउँदैछु म।१।
निठुरी को याद गरी मेरो जिन्दगानी।
चिरा चिरा छाती पारी दुखाउँदैछु म।२।
खुन बनी बगेको थें नशा नशा भित्र ।
उनी बिना खाली तन सुकाउँदैछु म।३।
मेरो साथ छोडे पछि मन अनुहार।
गाउँ बस्ती शहर मा थुकाउँदैछु म।४।
बेवास्ता गरी हिडें मणि मोतीलाई।
साँचो बाटो पर सारि चुकाउँदैछु म।५।
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि