गजल-१४३ शहीदको बलीदानी....
शहीद को बलिदानी हर पल यादगर।
नौलोकथा बिरताको बाहुबल यादगर।१।
स्वतन्त्रता अखण्डता सुमधुर मुलुकमा।
हिमालको जडीबुटी मिठो जल यादगर।२।
वैरी बाट घेरी घेरी बारुदको आक्रमण।
भुल्नु हुन्न कदापि उस्को छल यादगर।३।
स्वतन्त्रता लडाई मा नर नारी बराबर।
नेपालीले खाएकाथे गिठ्ठाफल यादगर।४।
खेलीकुदी हुर्किएको तनमन बालापन।
खिलाएको दुधधारा वक्षस्थल यादगर।५।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि