गजल१२५ आगोमा गाल्न नसकिने....

आगोमा गाल्न नसकिने यो माया!
जालमा हाल्न नसकिने यो माया !१!

बिश्वास बिना सिलाउदै जो नाता !
फाटेको टाल्न नसकिने यो माया !२!

मनमा राखी फेरी फेरी जुनको !
रोशनी फाल्न नसकिने यो माया!३!

केवल यहाँ शरीर सास तिम्रो !
मारेर ढाल्न नसकिने यो माया!४!

बनि स्वार्थी यहाँ काचुली फेरेर !
मणि झैं बाल्न नसकिने यो माया !५

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ