गजल१४१, मुटु भित्र बिझाएको...
मुटु भित्र बिझाएको खिल हेरेनौं।
अश्रुधारा बगेको त्यो डिल हेरेनौं।१।
अमावस्य रात पारी मेरो मुटुमा।
चोट दिदैं तड्पाएको निल हेरेनौं।२।
जमीनमा ढलाएको मेरो शरीर।
तल हेरी घोरिएको चील हेरेनौं।३।
तिमी बाट संचालित जुन रगत।
रोकिएको मेरो किन दिल हेरेनौं।४।
सास मेरो छुटे पछि मणि सपना।
खेर गयो आकांक्षा मञ्जिल हेरेनौं।५।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि