गजल-१४० विरताको हामी संग....
विरताको हामी संग खुन पनि छ।
हिमालमा जडिबुटी ऊन पनि छ।१।
बाहुवल ईच्छा शक्ति यहाँ भैदिए।
जमिनको गर्भ भित्र सुन पनि छ।२।
गुराँसको फुलबारी झन्डा मुनिमा।
एकत्रित पार्ने सूर्य जुन पनि छ।३।
किन पर्ने सधैं भरि हामी पछाडी।
जिवनको अपरिहार्य नून पनि छ।४।
गाउँ बस्ती शहर को मन मुटुमा।
सारेगम सारंगीको धुन पनि छ।५।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि