गजल१३८, चिसो चिसो पानी आज...
गजल-
चिसो चिसो पानी आज झुपडीमा पर्यो।
न्यानो दिने तातो आगो अँगेनामा डर्यो।१।
न्यानो न्यानो महल मा टिक्न न सकेर।
कठ्याङ्ग्रिने जाडो यहाँ घर भित्र सर्यो।२।
खरलाई सोची सोची परेको त्यो पानी।
ओछ्यानमा जता सुकै बलेसीमा भर्यो।३।
हात गोडा ठिर्याएर निलो निलो ओठ।
सन्चालीत मुटु रोकी शक्ति सारा हर्यो।४।
प्रकाश त्यो हटाएर आँखा भित्र कालो।
अन्धाकार बने पछि जीव आत्मा मर्यो।५।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि