गजल११४, बिना पानी खडेरीमा...

बिना पानी खडेरीमा सुकिएको झार हुँ।
जिन्दगानी नचुट्टाउ सारंगी को तार हुँ।१।

बादलपारी जानु पर्ने कयौं बाध्यतामा।
अन्य बाट संचालित बनाएको धार हुँ।२।

पसिनाले भिजाएर याँ दुःख कष्ट दिन।
भरियाले उकालोमा बोकेको म भार हुँ।३।

जवानी लाई नाश गरि यहाँ प्रवास मा।
नुनिलो म समुन्द्रको खिर्याउने खार हुँ।४।

छायाँमा परेकोछु राजनीति सिकारले।
बेवास्ता भएकोछु म मणि मोती हार हुँ।५

@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.

टिप्पणियाँ