गजल-१३७ चेलीबेटी कोठी लगि....
दौलत जो पैसा मात्र भेटेर के पायौ।
चेलीबेटी कोठी लगि बेचेर के पायौ।१।
तिम्रो जन्म किन भयो मानिस बनेर।
ममता त्यो माया लाई रेटेर के पायौ।२।
तड्पीतड्पी मन रुँदा भित्र कारगार।
अबलाको आँसु लाई टेकेर के पायौ।३।
आफ्नै ठानी कुलङ्गार हैकम जमाई।
मनुष्य को अधिकार मेटेर के पायौ।४।
मोजमस्ती लालचीमा फसाई जीवन।
महिलाको मुटु तिम्ले छेडेर के पायौ।५।
कोठी भित्र थुनी थुनी प्रकाश किरण।
निष्पट्ट त्यो अँध्यारोमा लेटेर के पायौ।६।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि