गजल१३५, निठुरी तिम्रो याद.....
निठुरी तिम्रो याद अति आउँछ।
आँखाको वरिपरि सधैँ छाउँछ।१।
तिमीले छोडे पछि मेरो शरीर।
हृदय भित्र अझै तिम्रो ठाउँछ।२।
प्रहार सहेको छ बनि अचानो।
मुटुले फेरि पनि माया लाउँछ।३।
परेली बनिकन तिम्रो तस्वीर।
नयन जता ततै तिमी पाउँछ।४।
हराई बादल मा मेरो प्रकाश।
बिरह गीत हरु सधैँ गाउँछ।५।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि