गजल१३३, यसपाली घर...
यसपाली घर आउने छु आमा।
चुहिएको खर छाउने छु आमा।१।
हजुर ले मेरो हुर्काएको ज्यान।
सम्हालेर तन ल्याउनेछु आमा।२।
जिन्दगानी भरि परिवार संग।
सुमधुर धुन गाउने छु आमा।३।
मुलुकमा संगै जिन्दगानी हुँदा।
हजुरको माया पाउने छु आमा।४।
हिरा मोती मणि बनाउन अब।
पसिना मेरो बगाउने छु आमा।५।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि