गजल१३२, हस्तक्षेप जंजीर त्यो ....

हस्तक्षेप जंजीर त्यो छुटाउँछौ हामी।
माटो भित्र जनशक्ति जुटाउँछौ हामी।१।

हामी युवा धड्कन हौं चलाउँदै देश।
बिकासको मूल अब फुटाउँछौं हामी।२।

बिदेशी को ईशारामा घरिघरि चल्ने।
मुलुकका अपराधी कुटाउँछौं हामी।३।

देश लाई चुस्ने सबै घुस खोरी अब।
मकै जस्तै छोडाउदै भुटाउँछौं हामी।४।

पूर्खा जस्तै हामी पनि बहादुरी गरि।
वैरीको त्यो मनोबल टुटाउँछौं हामी।५।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ