गजल९३ मेघ मन तड्पाउने जहर...
मेघ मन तड्पाउने जहर लगिदेउ।
मुटु दुख्ने पल पल प्रहर लगिदेउ।१।
सहनेछु दुःख बरु उन्को महलमा।
थपि थपि रमाईलो रहर लगिदेउ।२।
पदचिन्ह बनेकोथें पाईला संग संगै।
मानवको आत्मबल ठहर लगिदेउ।३।
गाउँ बेसी मेलापात उनिले गरेका ती।
झुपडी का कथा हरु शहर लगिदेउ।४।
उनीलाई लेखेकोछु गजल बनाएर।
नाग मणि सुर ताल बहर लगिदेउ।५।
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि