गजल१३१ कायर हो जिन्दगानी
कायर हो जिन्दगानी यहाँ लुकाउने।
आत्म हत्या गरी गरी सास छुटाउने।१।
अमुल्य यो जिन्दगानी व्यर्थ बनाउदै।
चिन्ता गरी किन आफ्नै मुटु दुखाउने।२।
भेटेकोछु ठक्कर जो खाएपछि यहाँ।
आत्म शक्ति मनोबल सधैँ टुटाउने।३।
खुशी यहाँ हुनु पर्छ जिन्दगानी भरि।
राग द्वेश आत्मा भित्र किन जुटाउने।४।
चम्किए को मणिलाई यहाँ नचिनेर।
सिसा जस्तै मुटुलाई किन फुटाउने।५।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि