गजल१२७ आफैं सुकेर झुलेको छ...
दिदै सुबास फुलेको छ थुंगा।
त्यसै सुकेर झुलेको छ थुंगा।१।
दुई पलको जिन्दगानी लिदै।
रम्दै खुसीमा खुलेको छ थुंगा।२।
किन हठले घमण्डी बनेको।
नाश जीवन डुलेको छ थुंगा।३।
भन कसैको मुटुमा दुखाई।
बनि जीवमा भुलेको छ थुंगा।४।
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि