गजल१२०, जुठो ओठ मुस्कान....

जुठो ओठ मुस्कान त्यो नछर म सँग।
पानी बनि प्यास मेट्न नसर म सँग।१।

प्रलोभन पार्ने तिम्रो सुन्दर नयन।
न जुधाउ घरि घरि नजर म सँग।२।

आगमन किन भयो मनको जलन।
पछुताई माया तिमी नगर म सँग।३।

बनेको त्यो घरबार बिगार्छु भनेर।
बलजफ्ती गर्दिन म नडर म सँग।४।

रमझम संसार छ खुशी हुनु तिमी।
तिम्रो लागि मुटुमा छ कदर म सँग।५।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ