गजल११९, मुटु आज गाँठो पर्यो...
मुटु आज गाँठो पर्यो फुकाउँनु कसरी।
ऋणबाट जिन्दगानी लुकाउँनु कसरी।१।
लान्छु भन्छ साहु मेरो घरबार भविष्य।
आई रहन्छ आँगनीमा रुकाउँनु कसरी।२।
घरखेत बन्धकीमा छैन मेरो जिन्दगी।
राजा धनी साहु लाई चुकाउँनु कसरी।३।
छानो पनि चुहिनेछ पानी पानी दलन।
चुलो सारा भिजेकोछ सुकाउँनु कसरी।४।
ब्याज स्याज गरि गरि धन थुप्रै बनाको।
धन फ्याँकी साहु मुख थुकाउँनु कसरी।५।
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि