गजल१३९ मेरो हात भरि ठेला...

आज मेरो हात भरि ठेला हेरत।
पसिनाले म रुझेको बेला हेरत।१।

युवाहरु पठाउने जाली कागज।
बनाउने विदेशका चेला हेरत।२।

पराधिन जीवनमा तन खिएर।
सहेको छु अपमान हेला हेरत।३।

रोजगार बिना युवा सबै विदेश।
परिवार भुमि छाड्ने भेला हेरत।४।

जमिनको रत्नहरु मणि बिर्सेर।
प्रवासमा श्रमजीवी मेला हेरत।५।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ