गजल-११७ ,मेरो अब...

मेरो अब सकिदैछ करार अबधि।
जिन्दगानी महलको दरार अबधि।१।

याद हरु रहनेछ कयौं अनुभव।
प्रवासको पल यो तकरार अबधि।२।

अलिकति पुरा भयो केही छ अधुरा।
माटो छोडी भएको म फरार अबधि।३।

घर गाउँ जादैछु म महिना दिनमा।
दिन गन्छु बेचैनी बेकरार अबधि।४

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ