गजल११६, बिछोडको पिडा......

बिछोडको पिडा सहेको सुनेको छु।
सिन्दुरले छोडी गएको सुनेको छु।१।

यात्रा भरि कालो बादल लागेपछि।
आँखाबाट आँसु झरेको सुनेको छु।२।

समाजमा एक्लै जीवन बिताउँदा।
नाना थरी कुरा भएको सुनेको छु।३।

खुशीयाली तिम्रो सखाप बनाउने।
छाती भरी छुरा रहेको सुनेको छु।४।

जिन्दगानी भरि पर्खिन्छु भनिकन।
हृदयले नाम जपेको सुनेको छु।५।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.

टिप्पणियाँ