गजल११५, केही न केही जरुर....
केही न केही जरुर परेको हुनु पर्छ।
रात बिरात मानव मरेको हुनु पर्छ।१।
सुनेको थिएँ जनकोआवाज रातभर।
उस्ले अवश्य बन्दुक भरेको हुनु पर्छ।२।
तुसारापात गरेर युवाको मगजमा।
वाक्क भएर समुन्द्र तरेको हुनु पर्छ।३।
यहाँ भिडाई बिदेशी हैकम जमाउँन।
यो हस्तक्षेप उसले गरेको हुनु पर्छ।४।
मान्छे बिगारी लहर सडक तताउँदै।
मणि माटोमा बिदेशी सरेको हुनु पर्छ।५।
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि