गजल११२, छन्द राज, जिउँदै खसाल

जिउँदै खसाली अब मार माया !
छु म आज रोगी गर पार माया!१!

रमिता बनायौ हठी हाँस आफैं !
गगनै छ साथी जति झार माया!२!

मनको सिमाना बगरै बनाई !
जसरी रुलायौ घरबार माया!३!

शहरै तिमी आज लुकेर जाने !
निठुरी बहाना खुब चार माया !४!

धन मै रमायौ जनता हसाई !
पिरतीत तिम्रोनि बजार माया !५!

@प्रकाशमणि खनाल
गोलधाप-४ झापा.

टिप्पणियाँ