गजल१३६, घाउ बनेको मुटु...

घाउ बनेको मुटु अझै भरेको छैन।
मुटु छोडेर अन्तै माया गरेको छैन।१।

मेरो नसामा तिमी संगै भएको बेला।
खुन बगायौ सारा माया मरेको छैन।२।

पिडा सहेको मुटु घाउ लगाई जाँदा।
बाधा पुर्याई तिम्रो घर सरेको छैन।३।

आँसु बगेको भेल मेरो शरीर देखि।
यहाँ जमेको ताल कतै छरेको छैन।४।

अमावस्यको रात मेरो जीवन बाट।
मणि पोखरी देखि अझै तरेको छैन।५।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ