गजल९२, हृदयमा स्थिर छु म

हृदयमा स्थिर छु म माछापुछ्रे ताल।
खहरे झैं क्षणिक को छैन मेरो छाल।१।

पराया को कहीँ कतै अधिनमा पुगी।
समुन्द्र मा बिलाउने छैन मेरो चाल।२।

झुपडीमा रमाउँदै खान्छु रुखोसुखो।
चाहिँदैन लोभ्याउने भरिएको थाल।३।

आत्मरक्षा गर्छु लिदैं खुकुरी को बल।
सक्षम छु चाहिँदैन कसैको नी ढाल।४।

जान्छु गर्छु परिश्रम खोज्छु हिरा मणि।
सत्यपथ हिड्छु सधैँ डराउँदिन काल।५।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.

टिप्पणियाँ