गजल९०, नयाँ वर्ष पालुवा...
नयाँ वर्ष पालुवा हो केही गर्नु पर्छ।
घुमिफिरी आएकोछ जल भर्नु पर्छ।१।
उमंग छ जागरछ हामी नेपालीको।
विरता को बाहुबल अब छर्नु पर्छ।२।
आफैं बाट उठौं अब घर घर पुगी।
दुःखकष्ट नेपालीको सबै हर्नु पर्छ।३।
पसिनाको फलदिन गरे कर लाग्छ।
स्वर्ग बाट ईन्द्र पनि यहाँ झर्नु पर्छ।४।
बिकास को मूल हरु फुटाउदै अब।
झुपडीको बस्तीमा प्रकाश पर्नु पर्छ।५।
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि