गजल६६, मेरी माया आज मलाई.....
मेरी माया आज मलाई अर्को लाग्दैछ !
उनको नाम सुन्दा पनि झर्को लाग्दैछ!१!
पिपासुको प्यासी नशा मेटी दिईने !
तानी फ्याक्ने चुरोटको सर्को लाग्दैछ!२
हिजो सम्म गुड थियौ मिठो जवानी!
अनायासै नुन बन्यो चर्को लाग्दैछ !३!
पुस माघ जाडो छली न्यानो भएकी!
परायाको तिमी आज बर्को लाग्दैछ!४!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि