गजल७६, घर भित्र खुशीको लहर.....

घर भित्र खुशीको लहर पाएँ !
आज तिमी आउने खबर पाएँ!१!

बिछोडमा तिमीले छोडेको पल!
गजल मा बसेको बहर पाएँ !२!

निदाइन यादले रातमा पनि !
प्रतिक्षामा उज्यालो शहर पाएँ!३!

जता जान्छु यादमा तिमीनै सधैं!
तस्बिर मा बसेको नजर पाएँ !४

जिन्दगानी केवल मायाको खुशी!
भेट्छु भन्ने घर मा रहर पाएँ !५!

@प्रकाशमणि खनाल
गोलधाप ४ झापा

टिप्पणियाँ