गजल८०, राती निदाउँदा....

माया उनी सितै जब लाएँ मैले !
राती निदाउदा अनि पाएँ मैले !१!

वर्षौं कुराइमा खुसुकै भेटाई !
जाँदै नजीक हात समाएँ मैले!२!

कोठा सजाइ साँझ म माया संगै!
नाची रमाउदै गित गाएँ मैले !३!

कोसेलि आज याँ गजबै ल्याएकी!
मागेर स्वादले फल खाएँ मैले !४!

ल्यायौ बिहान जीवन खुल्यो निद्रा!
इन्द्रिय जीव भौतिक दाएँ मैले !५!
SSI SIS IIS SSS
छन्द, देवच्छन्दा

प्रकाशमणि खनाल
गोल्धाप ४ झापा.'

टिप्पणियाँ