गजल-३३झुपडीका कथाहरु....

झुपडीका कथाहरु कस्ले सुन्छ यहाँ।
रोजगारी विना युवा कति रुन्छ यहाँ।२।

देश बाट पलायन ..हुँदा जहाज मा।
युवाशक्ति सपनायो कति बुन्छ यहाँ।२।

भुमि बाट युवा शक्ति अन्त पठाएर।
प्रतिभा र शिपकला किन थुन्छ यहाँ।३।

सरकार सोच्नु होस हजुर को मुटु।
बिरोजगारी मुटुमा कति छुन्छ यहाँ।४।

खजना छ जानी राख युवा हरु माझ।
समुन्द्रको दिव्य मणि कस्ले दुन्छ यहाँ।

प्रकाशमणि खनाल
गोल्धाप ४ झापा

टिप्पणियाँ