गजल८१, जेठ मास चर्को घाम....

जेठ मास चर्को घाम खन्छु खेतमा!
परिश्रमी कृषक म बन्छु खेतमा !१!

हलो जुवा समाउदै आफ्नै पसिना!
थोपा थोपा निधारमा गन्छु खेतमा!२!

बाली नाली बिउ बिज राम्रो बनाइ!
सधैं भरि मेहनत गरी रन्छु खेतमा!३!

पल घटी उपयोग गर्दै जीवन !
भित्रै देखि परिश्रम कन्छु खेतमा!४!

नगर भो दैव तिमी खाली प्रकोप!
दुःख मेरो नाश गर भन्छु खेतमा!५!

प्रकाशमणि खनाल
गोल्धाप ४ झापा

टिप्पणियाँ