गजल८२, हृदयमा छुरा तिम्ले ....
हृदयमा छुरा तिम्ले धसाएर गयौ!
घर भित्र सौतालाई पसाएर गयौ!१!
महिलाले पिलाएको दुधभार आज!
कलबिख भराउदै डसाएर गयौ !२!
समाजमा राम्रै थियो घरपरिवार!
महत्व नै नबुझेर हँसाएर गयौ !३!
इज्जतमा दाग संगै जीवन बिगारी!
नजर त्यो समाजमा खसाएर गयौ!४!
लोभी आँखा तेर्साउदै देखाउदै मणि!
जेल भित्र बन्दी गरी फसाएर गयौ !५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा,
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि