गजल-अब तिम्रो सिउँदोमा सिन्दुर....

अब तिम्रो सिउँदो मा सिन्दुर भर्ने छु !
असिमित प्यास मेट्ने चुम्बन गर्ने छु!१!

चाहनाछ केके तिम्रो भन मात्र आज !
आकाशको जुन तारा खसाली हर्ने छु!२!

खुसियाली दिदैं तिम्रो जिन्दगी बाटोमा!
यो जन्म संगै सात जन्म संगै मर्ने छु !३!

जिन्दगानी बिताउदै....पसिना बगाई !
अन्न बाली फलाउन बीजन छर्ने छु !४!

जरुरत पर्छ भने कयौं टाढा आफैं !
पैसा धन कमाउन समुन्द्र तर्ने छु !५!

प्रकाशमणि खनाल
गोलधाप-४ झापा


टिप्पणियाँ